News & Events

January 13, 2020

र – राजनीतिमा महिला | Writer – Surendra Joshi | Artist – Ishan Pariyar
राजनीति भन्ने बित्तिकै राज्य संचालनको निति बुझिन्छ । राज्य संचालन मात्रै नभई समाजिक चेतनाको मुल जरो पनि हो । राजनीतिले निरन्तर संघर्षको माग गर्छ । त्यस्तो संघर्ष सन्तान, परिवार, नातागोताका लागि नभई समाज रूपान्तरणलाई प्राथमिकतामा राखेर गरिन्छ । राजनीतिले देश भित्रको भुभागमा रहेका ब्यक्तिको समाजिक स्वतन्त्रता स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले देशको निति/नियम बलियो बनाउन सम्पुर्ण वर्गलाई समान राजनैतिक अवसर प्रदान गरिनुपर्छ ।

हिन्दु संस्कृति र सनातन परम्परा अनुसार महिला हरुले गर्ने काममा बिभाजन,चुलो चौको सम्मको सिमानाले महिला राजनीतिमा नदेखिएको जस्तै बनाइएको छ ।नेपालको राजनैतिक विकास क्रमलाई जोड दिने हो भने २००७ सालको क्रान्ति होस् या २०६२/६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे । राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गरे जननिर्वाचित नेपाली कांग्रेस नेतृत्वको सरकारलाई अपदस्थ गरेपछि राजा महेन्द्रले खुलामञ्चमा भाषण गरिरहेको बेलामा शैलजा आचार्य, गौरी जोशी लगायतका महिलाले कालो झण्डा देखाएर विरोध गर्नु चानचुने कुरा थिएन किनभने त्यसबेलासम्म अधिकांश जनतामा राजतन्त्र र राजािवरुद्दको भावना जागृत भइसकेको थिएन । छोरीलाई पढाउने, घरबाहिर पठाउने, त्यसमाथि राजनीति गर्नेसम्म त चलनै थिएन । राजालाई विष्णुको अवतार मान्ने त्यस कालखण्डमा कालो झण्डा देखाउन सक्नु कुनै सानो साहस र आँटले हुने कुरा होेइन ।

प्रजातन्त्र प्राप्तिका लागि महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा, देशमा भएको ऐतिहासिक आन्दोलनमा उपस्थिति मात्र होइन नेतृत्व पनि लिएका छन्, तर जब परिर्वतन संस्थागत हुने बेला हुन्छ, कार्यकारी पदमा पुग्ने बेला हुन्छ, महिलाको क्षमतामा विश्वास गरिन्न । महिलालाई पद दिन कञ्जुस्याइँ गरिन्छ । दिइएका पद पनि कम महŒवमा पर्ने सबैले छोडेका महिलाको भागमा पर्ने गरेको छ । विषयवस्तुको ज्ञानको आधारमा कमजोर रहेपनि पुरुष भएकैले ऊ पदमा पुग्न योग्य हुन्छ भने महिला भएकै कारण योग्यता भए पनि पदमा पुग्न पाएका हुँदैनन् । जकडिएर बसेको पुरातनवादी सोच र चिन्तन कसैले पनि हटाउन सकेको पाइँदैन । हरेक ठाउँमा हुने राजनीतिक नियुक्तिमा महिला नपुग्नु यसको उदाहरण हो । राजनीतिमा महिला सहभागितामाथि केही ध्यान दिन थालिएपनि उक्त सहभागिता नेतृत्वमा परिणात भएको पाइदैन ।

You might also like